पाल्पा, जिल्लाको रामपुर नगरपालिका काँग्रेस विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका रमण बहादुर थापा पुनः नगर प्रमुखमा विजयी भएका छन् । उनले १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शिव अर्यालले भने १० हजार ८३ मत प्राप्त गरे । नव निर्वाचित मेयर थापा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार राजु प्रसाद श्रेष्ठलाई भारी मतान्तरले पछि पार्दै विजयी भएका थिए । यस्तै यहाँ उपप्रमुखमा नेपाली काँग्रेसकी बालकुमारी थापा निर्वाचित भएकी छन् ।
उनले एमालेकी दुर्गा देवी रानालाई ५७ मतले पराजित गर्दै विजयी हासिल गरेकी हुन् । थापाले १० हजार ३ सय ७ मत ल्याइन् भने र रानाले १० हजार २ सय ५० मत प्राप्त गरिन् । एमालेबाट उपमेयरकी उम्मेदवार बनेकी राना यस अघि विष्णु देवी घिमिरे आचार्यसँग पराजित भएकी थिइन् । यहाँका १० वडा मध्ये ७ वटा वडामा काँग्रेस र ३ वटा वडामा एमालेको प्यानलै विजयी भएको छ । वडा नं. १ मा कपिल बहादुर खाँण, वडा नं. २ मा कृष्ण बहादुर दर्जी, वडा नं. ३ मा दामोदर पाठक, वडा नं. ४ मा राम बहादुर राना, वडा नं. ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा दिवाकर देवाकर देवकोटा, वडा नं. ७ मा दोवराज तिवारी, वडा नं. ८ मा दिनेश आचार्य, वडा नं. ९ मा दिल बहादुर राना र वडा नं. १० मा तोयानाथ सारुको प्यानल निर्वाचित भएका छन् ।