गुल्मी, कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।
गाउँपालिका भित्रका ३ हजार पाँच घर परिवारका प्रत्येक सदस्यहरुको निःशुल्क स्वास्थ्य वीमा पछि सबै सदस्यको स्वास्थ्य सेवामा पहुच पुग्ने विषयलाई मध्येनगर गरेर यो विषयलाई प्राथमिकताका साथ लागु गर्ने घोषणा गरिएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वावुराम पल्लीका अनुसार, कालीगण्डकी गाउँपालिकामा हाल सम्म निःशुल्क एम्वुलेन्स, प्रसुति सेवा, छोरी जन्मेपछि छोरीलाई पेवा राखि दिने कार्यक्रमहरु विगतदेखि नै चली रहेको र हाल नवनिर्वाचित अध्यक्ष थापाको दोस्रो कार्यकालको पद पहालीको शुभ साईतमा पालिकाभित्रका प्रत्येक नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अत्यान्तै प्रभावशाली र जनप्रिय निःशुल्क स्वास्थ्य वीमा लागु गर्ने घोषणा भएको हो । यो सुविधा अगामी आर्थिक मसान्तपछि स्थानीय ऐन र कार्यविधी बनाएर कार्यान्वयन गर्ने जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष थापाले, दोस्रोपटक पदवहाली लगत्तै कार्यालयका कर्मचारी, विभिन्न शाखा उपशाखाका प्रमुखहरुलाई निर्देशन दिदै, सर्वसाधारण जनताका साना भन्दा साना समस्याको पहिचान गरी गरिव जनताको घरमा चुलो बले नबोलेको विषयमा जनताका पक्षमा लागेर सेवा प्रवाह गर्न निर्देशन दिए ।