पाल्पा, पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ४ जना महिला र २ जना पुरुषमा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । संक्रमित सबैको होम आइशोलेशनमा उपचार भइरहेको छ ।
यस्तै मंगलबार जिल्लामा थप ७ जना कोरोना संक्रमित निको भएका छन् । बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिकाका १/१ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमित निको भएका हुन । निको हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । यो संगै निको हुनेको संख्या १२ हजार ६० पुगेको छ । पाल्पामा अहिलेसम्म २ सय ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।