Shittalpati
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित

पाल्पा, पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।

एक जनाको पिसिआर परीक्षण र ६ जनामा एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ । तानसेन नगरपालिकामा एक जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामै संक्रमण पुुष्टि भएको हो । यस्तै ३८ जनामा एन्टिजेन परीक्षण गरिएकोमा रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका २/२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा ५ जना महिला र २ जना पुरुष रहेका छन् । योसँगै पाल्पामा संक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमित मध्ये २९ जनाको होम आइशोलेशनमा र एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सोही अवधिमा जिल्लामा थप ५ जना कोरोना संक्रमित निको भएका छन् । माथागढी गाउँपालिका, रैनादेवी गाउँपालिका, तानसेन नगरपालिकाका १/१ जना र रम्भा गाउँपालिका २ जना संक्रमित निको भएका हुन । निको हुनेमा ३ जना महिला र २ जना पुरुष रहेका छन् । यो संगै निको हुनेको संख्या १२ हजार ६५ पुगेको छ । पाल्पामा अहिलेसम्म २ सय ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update