Shittalpati
लिङ्देनले दिए सांसदबाट राजीनामा

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।

अध्यक्ष लिङ्देनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै आजैको मितिदेखि सांसद पद त्याग गरेको बताए । संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उनले बताए । ‘भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ,’उनले भने,’त्यसले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन, मेरो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्का गरियोस् । कहींकतै लेखेर दिनुपर्छ भनेर म त्यो नियमअनुसार दिन तयार छु,।’

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update