Shittalpati
तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान

कृष्ण पोखरेल
पाल्पा, तानसेनको कला संस्कृतिको रक्षा तथा जर्गेना गर्न देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले सक्रियता देखाएको छ । पछिल्लो समय मौलिक कला संस्कृति लोप हुँदै गईरहेको समयमा प्रतिष्ठानले विगत केही बर्ष देखी नै तानसेनको मौलिक कला संस्कृति जर्गेनामा सक्रियता देखाउदै आएको हो ।

विगतका वर्षहरुमा तानसेनमा नेवारी कला संस्कृतिका गतिविधी प्रशस्त रहे पनि केही बर्ष देखी हराउँदै गएका छन् । अहिले तानसेनमा गाठे मंगलदेखी एक महिनासम्म हुने विभिन्न किसिमका जात्रा तथा नाचहरु मुस्किलले हुँदै आएका छन् ।

२ बर्षसम्म कोरोना महामारीका कारण मानिसको भौतिक उपस्थितीमा तानसेनमा मौलिक कला संस्कृति प्रदर्शन नभएपछि युवा पुस्तामा उत्साह बढाउन यस बर्ष भने देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले तानसेनका युवा कलाकारहरु परिचालन गरी मौलिक संस्कृति जोगाएको छ । युवाहरुलाई कला संस्कृतिमा प्रोत्साहन गर्न प्रतिष्ठानले नगद सहयोग समेत गर्दै आएको छ ।

प्रतिष्ठानले चुइकी जात्रा, लाखे नाच, बाघजात्रा सहभागी संघ संस्था तथा कलाकारहरुलाई प्रोत्साहन स्वरुप ५९ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको छ । संस्कृतिकर्मी मंगल प्रसाद बज्राचार्यले देउराली प्रतिष्ठानले प्रदान गरेको रकम बसपार्क नाट्य समुहका अध्यक्ष किरण चित्रकार लाई नगद रकम हस्तानतरण गरे । चित्रकारको नेतृत्वयमा यस बर्ष करीव १५ दिन तानसेनमा दैनिक चार पाँच वटा स्थानमा लाखे नाँच प्रर्दशन गरिएको थियो । प्रतिष्ठानमा रहेका सदस्यहरुबाट रकम उठाई, विभिन्न संघ संस्थाबाट रकम संकलनबाट कोष खडा गरी कोषको बार्षिक व्याजबाट तानसेनको नेवारी कला संस्कृति जर्गेना, प्रवद्र्धन, संरक्षण गर्न सक्रिय रहेको अध्यक्ष मदन देउरालीले बताए । प्रतिष्ठानले लाखे नाचका लागि ४५ हजार, चुईकी जात्राका लागि १२ हजार र बाघजात्राका लागि २ हजार ५ सय रुपैयाँ सहयोग गरेको सचिव चित्रवलीराम सुवालले बताए । प्रतिष्ठानले रोपाइँ जात्राको लागि १५ हजार रुपैयाँ विनियोजन गरेको भए पनि नआउदा दुःख लागेको सचिव सुवालले बताए । तानसेनका हरेक नेवारी कला संस्कृती तथा जात्रामा प्रतिष्ठानले सहयोग गर्ने सचिव सुवालले बताए । प्रतिष्ठानका अध्यक्ष मदन देउरालीको सभापतित्वमा भएको कार्यक्रममा सह–सचिव सकुन्तला बज्राचार्यको स्वागत र सचिव चित्रवली राम सुवालको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update