गुल्मी,गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा काँग्रेसको तर्फबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकमा ५६ जना इच्छुक उम्मेदवारहरु रहेका छन् । प्रतनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएका ५६ जना इच्छुक उम्मेदवारहरुको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिपmारिस गरिएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिए ।
सभापति पन्थीका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १३ जना इच्छुक उम्मेदवार रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नं.–१ मा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ ३ जना इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । जसमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारी ,क्षेत्रीय सभापति पारिश्वर ढकाल, केन्द्रीय नीति अनुसन्धान प्रशक्षिण प्रतिष्ठानका पूर्व सदस्य योगराज कण्डेल शर्मा र पूर्व महासमिति सदस्य भरतबहादुर बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस भएका छन् । समानुपातिक तर्फ पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि झक बहादुर पुन, महासमिति सदस्य भगवती काफ्ले भण्डारी र सांसद एवम् महासमिति सदस्य सुवर्ण ज्वारचनलाई सिफारिस भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–२ मा प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम सिफारिस भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीको नाम सिफारिस गरिएको हो । त्यस्तै, महासमिति सदस्य डा. दामोदर भुसाल र पूर्व जिल्ला सभापति एवम् महाधिवेशन प्रतिनिधि त्रैलोक्यप्रताप सेनको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य गायत्री थापा, प्राध्यापक कृष्णबहादुर कुँवरको नाम सिफारिस गरिएको हो ।
प्रदेशसभा निर्वाचनका लागि यस जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष र समानुपातिकमा ४३ जना इच्छुक उम्मेदवारहरु रहेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए । उनका अनुसार चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रत्यक्षतर्फ १९ जना र समानुपातिकतर्फ २४ जना उम्मेदवार बन्न इच्छुक भएको हुँदा सबैको नाम लुम्बिनी प्रदेश कार्यसमितिमा सिफारिस गरिएको छ ।
प्रदेशसभा क्षेत्र नं.–१ (क) मा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ ७ जना गरी ११ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि पृथ बहादुर फौदार, प्रदेशसभा क्षेत्रीय सभापति सन्तोष गौतम, महासमिति सदस्य अमृत ज्ञवाली र महाधिवेशन प्रतिनिधि तुल्सीराम पाण्डेको नाम सिफारिस भएको हो । जिल्ला कार्यसमिति सचिव जगदीश प्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि विष्णु प्रसाद बलाल, पूर्व महाधिवेशन प्रतिनिधि रमेश कुमार भण्डारी, जिल्ला कार्यसमिति सदस्य निर्मला सुवेदी, क्षेत्रीय प्रतिनिधि आरती परियार, महाधिवेशन प्रतिनिधि भगवती अर्याल र जिल्ला कार्यसमिति सदस्य गंगादेवी भण्डारीको नाम समानुपातिकतर्फ सिफारिस भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।
प्रदेशसभा क्षेत्र नं.–१ (ख) मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ६ जना गरी ९ जनाको नाम सिफारिस भएको छ । जसमा प्रत्यक्षतर्फ महासमिति सदस्य धनेन्द्र कार्की, महाधिवेशन प्रतिनिधि मुक्तिनाथ कण्डेल, महासमिति सदस्य श्रीप्रसाद भलामी (सेत बहादुर थापा) को नाम सिफारिस भएको छ । महासमिति सदस्य झविन्द्र विश्वकर्मा, लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी, महाधिवेशन प्रतिनिधि उर्मीला आचार्य नेपाली, जिल्ला कार्यसमिति सदस्य गंगादेवी पाण्डे, महाधिवेशन प्रतिनिधि मीना राना र जिल्ला कार्य समिति राधिका न्यौपानेको नाम समानुपातिकतर्फ सिफारिस भएको हो ।
प्रदेशसभा क्षेत्र नं.–२ (क) मा प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्पm ४ जना गरी ९ जनाको नाम सिफारिस भएको छ । नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति एवम् लुम्बिनी प्रदेश कार्यसमिति उपसभापति भुवनप्रसाद श्रेष्ठको नाम यस प्रदेशसभा क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । त्यस्तै, क्षेत्रीय सभापति चन्द्र बहादुर महत, लुम्बिनी प्रदेश सदस्य माधव खरेल, जिल्ला कार्यसमिति सदस्य लोकप्रसाद खरेल र महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद सापकोटाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, पूर्वमहासमिति सदस्य शालिक पन्थी, प्रदेश महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद श्रेष्ठ र नेपाल महिला संघ गुल्मीका अध्यक्ष उमकला पाण्डे लक्ष्मीको नाम सिफारिस भएको छ ।
प्रदेशसभा क्षेत्र नं.–२ (ख) मा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्पm ७ जना गरी १४ जनाको नाम सिफारिस भएको छ । महाधिवेशन प्रतिनिधि काँशी बहादुर बोहोरा, मालिका–काठमाडौं सम्पर्क समिति सल्लाहकार पिताम्बर अर्याल, प्रदेश अधिवेशन प्रतिनिधि प्रकाश पोख्रेल, जिल्ला कार्यसमिति सदस्य फर्सुराम भुसाल, अर्जै–काठमाण्डौ सम्पर्क समिति अध्यक्ष विष्णुप्रसाद अर्याल, प्रदेश क्षेत्रीय कार्यसमिति सदस्य रविन्द्र घिमिरे र धुर्कोट गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् जिल्ला कार्यसमिति उपसभापति शिब बहादुर खत्रीको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । त्यस्तै, पूर्व महाधिवेशन प्रतिनिधि इन्द्रबहादुर घर्ती निर्मोही, केन्द्रीय नीति अनुसन्धान प्रशक्षिण प्रतिष्ठानका पूर्व सदस्य एवम् लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराई, महाधिवेशन प्रतिनिधि अनिशा अर्याल, महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारी, जिल्ला कार्यसमिति सदस्य मेघ बहादुर सुनार, प्रदेश अधिवेशन प्रतिनिधि रमेश परियार, महाधिवेशन प्रतिनिध सुशीला भुसालको नाम समानुपातिकतर्फ सिफारिस भएको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।