रुपेन्देही, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।
स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याड्ढन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याड्ढनमा अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अंक प्राप्त गरेको छ । वर्षमा दुईपटक अनुगमन मूल्याड्ढन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो ।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी सहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पा लगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् । अस्पतालको तथ्याड्ढ अनुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालको बहिरङ्गरोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन् । –रासस