आऊ नानी आऊ (बाल कविता)
मन बहादुर खत्री
इस्मा–२, हस्तिचौर मैनडाँडा, गुल्मी
आऊ नानी आऊ
आऊ बाबु आऊ ।
थालीमा छ स्याउ
बाँडीचुडी खाऊ ।।
बन बाबु ज्ञानी
पढी–लेखी नानी ।
मिलीजुली खेल
साथीलाई नठेल ।।
जानु हुन्न बाटोमा
खेल्नु हुन्न माटोमा ।
सधै धोई हात
खानु पर्छ भात ।।
नमस्कार गर
सबैलाई हेर ।
माया पाउँछौ धेरै
सुत्नु उठ्नु सबेरै ।।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्