पाल्पा, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा गठबन्धनले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धन दलले जिल्लाका दुुई प्रतिनिधि सभा र चार प्रदेश सभाको निर्वाचननका लागि उम्मेदवारको टुुंगो लगाएको हो ।
गठबन्धनले प्रतिनिधिसभा क्षेत्र नं. १ मा काँग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहालाई उम्मेदवार बनाएको छ । त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा १(क)मा कांग्रेसकै श्यामकान्त खनाल र १(ख)मा काँग्रेसकै शंकर खनाललाई उम्मेदवार बनाइएको गठबन्धनले जनाएको छ । यस्तै प्रतिनिधिसभाको क्षेत्र नं २ मा गठबन्धनबाट एकीकृत समाजवादीका लुम्बिनी प्रदेश संयोजक एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. २ को प्रदेशसभा २(क) मा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानालाई गठबन्धले उम्मेदवार बनाएको छ । प्रदेशसभा २(ख) मा भने माओवादीका नेता तुलाराम घर्तीमगर (वसन्त)लाई उम्मेदवार चयन गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव सन्तोष थापा मगरले बताए । उनीहरुले आज मनोनयन दर्ता समेत गराएका छन् ।