Shittalpati
एमाले पाल्पामा विवाद

पाल्पा, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ । एमालेले पाल्पाका दुुई क्षेत्र र चार प्रदेश सभामा उम्मेदवारको टुुंगो लगाएरसँगै वडा तहबाटै विवाद चर्किएको हो ।

एमालेले पाल्पा क्षेत्र नं १ का मतदाताहरुको भावना विपरीत पार्टीमा योगदान, त्याग, संगठन निर्माण जस्ता कुराहरुलाई उपेक्षित गर्दै व्यक्ति केन्द्रीत राजनीतिलाई प्रश्रय दिएको भन्दै तानसेन नगरपालिका वडा नं. ८ को वडा कमिटीले राजीनामा समेत दिएको छ ।

पार्टीभित्र व्यक्तिवाद हावी भएको, योगदान र क्षमताको मूल्याङ्कन नगरेको भन्दै तानसेन ८ का वडा कमिटी , जनवर्गीय संगठन, पेशागत संगठन, पार्टी पिएम तथा समर्थक सबैले सामूूहिक राजीनामा दिएको वडा कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update