हाम्रा संवाददाता
पाल्पा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई/दुुई वटा प्रतिनिधि सभा र चार/चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधी सभा सदस्यमा १४ जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका हुन् । पाल्पा क्षेत्र नंं १ प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्रबाट विपिन कडेल, नारायण न्यौपाने, डोल राज तिमिल्सीना, राजु सुनारले मनोनयन दर्ता गरेका छन् । मंगोल नेशनल अर्गनाईजेशनबाट थमन बहादुर बुढामगर, राप्रपाबाट ज्ञान बहादुर सिंजाली, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, गबठन्धनबाट नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, जनता समाजवादी पार्टी मेयरमान रानाले मनोनयन दर्ता गरेका छन् । यसैगरी क्षेत्र नंं १ (क) प्रदेश सभाको लागि मंगोल नेशनलबाट अर्गनाईजेशनबाट पूर्ण बहादुर रुचाल, नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसबाट श्यामकान्त खनाल, राप्रपा बाट डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टी बाट भिमसेन सुनारी मगरले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । क्षेत्र नंं १ (ख) प्रदेश सभाका लागि मंगोल नेशनल अर्गनाईजेशनबाट लाल बहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, नेकपा एमालेबाट खेम बहादुर सारु, नेपाली काँग्रेसबाट शंकर प्रसाद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर रानाले मनोनयन दर्ता गरेको पाल्पा निर्वाचन क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नंं २ प्रतिनिधी सभा सदस्यमा स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी, केशर बहादुर आले, जनमत पार्टी नेपालबाट देव बहादुर हिस्की , राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम प्रसाद गैरे, नेपाल आमा पार्टीबाट तारा प्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टी बाट हुम बहादुर थापा मगर, राप्रपाबाट भोजिन्द्रबहादुर के.सी, नेकपा एमालेबाट ठाकुर गैरे र नेकपा एकिकृत समाजवादीबाट सोम प्रसाद पाण्डे राप्रपा नेपालबाट खडानन्द गैरेले मनोनयन दर्ता गरेका छन् । यसैगरी पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा जसपाबाट खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, नेपाली काँग्रेसबाट विर बहादुर रानाले मनोनयन दर्ता गरेका छन् । यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट बसन्त घर्ती, नेकपा एमालेबाट ओम बहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्र अस्लामी नेशनल मंगोल अर्गनाइजेशनबाट शिव बहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेका छन् ।
उता गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ ज्ञवाली र भण्डारी बिच मुुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा गठबन्धनबाट माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र फर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका छन् । २०५६ को निर्वाचनदेखि गुल्मी–२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए । झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । यहाँ विष्ट दुई दशकदेखिका जनप्रतिनिधी भएको र झाँक्रीलाई कांग्रेस, माओवादी केन्द्रसमेतको समर्थनमा उम्मेदवार भएकाले चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । यस्तै यहाँको प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन् ।