पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको हो ।
प्रशासनले मंलबार एक सूचना जारी गरी इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन एक सूचना जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्वारा जारी सूचनामा कार्तिक १० गते भित्र सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरिएको छ ।