घरमा आगलागी, ५५ लाखको क्षति
गुल्मी, विद्युत सर्ट भई घरमा आगलागी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी भएको हो । हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा ५५ लाखको क्षति भएको छ । आगालागीबाट २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घरमा भएका अन्नपात, लत्ताकपडा र कागजपत्र, नगद गरी क्षति भएको विवरण प्रांप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाबाट प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरेपनि घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्