Shittalpati
पाल्पामा एकै दिन २३ जनामा कोरोना

पाल्पा, पाल्पामा एकै दिन थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन २३ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरबाट परीक्षण गरिएका ५ सय ७९ नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट १ र एन्टिजेन विधिबाट २२ जनामा संक्रमण पुष्‍टि भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । पिसिआर परीक्षणमा रिब्दीकोट गाउँपालिकाका एक जना पुुरुषमा संक्रमण देखिएको हो । योसँगै हालसम्म जिल्लामा पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार ३४ जनामा संक्रमण पुष्टि भइरसकेको छ । जसमा २ हजार ८ सय २४ जना महिला र ४ हजार २ सय १० जना पुुरुष रहेका छन् ।

यस्तै ५ सय ७८ जनाको एन्टिजेज परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ । जसमा १३ जना महिला र ९ जना पुुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना, रम्भा गाउँपालिकाका ४ जना, बगनासकाली गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ७ जनामा कोरोना देखिएको हो । योसँगै जिल्लामा हालसम्म एन्टिजेज परीक्षणबाट ५ हजार ८ सय ३२ जनामा संक्रमण देखिएको छ । जसमा ३ हजार ६० जना महिला र २ हजार ७ सय ७२ जना पुुरुष रहेका छन् ।


यस्तै विहीबार १६ जना संक्रमित निको भएका छन् । होमआइसोलेसन र विभिन्न अस्पतालमा उपचार गराइरहेका १० जना महिला र ६ जना पुुरुष संक्रमित निको भएका हुन् । जसमा माथागढी, बगनासकाली, रिब्दीकोटका १÷१ जना, रैनादेवी छहराका ६ जना, रम्भाका ३ जना र तानसेनका ४ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुुने संक्रमितको संख्या १२ हजार ५ सय ७१ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update