Shittalpati
प्रचण्डलाई स्पष्टीकरण

पाल्पा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । २५ भन्दा बढीको संख्या र उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजा गर्न नपाउने आचारसंहितामा उल्लेख छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नं २ मा मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update