Shittalpati
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुवेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुुर्‍याइएको थियो । अस्पताल लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यहाँ यसअघि पनि पौडी खेल्ने क्रममा धेरै जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update