तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
पाल्पा, जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
आइतबार आफ्नै घरमा खेरिरहेका बेला पानी रहेको बाल्टिनमा डुुबेको अवस्थामा आमा नितु रानाले देखेर उपचारका लागि लुुम्बिनी मेडिकल कलेज प्रभास लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्