Shittalpati
पाल्पामा आचारसंहिताका विषयमा छलफल

कृष्ण पोखरेल
पाल्पा,जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालन सम्वन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । समितिले पाल्पाका निर्वाचनमा सहभागी भएका सबै राजनितिक दलका प्रमुख, उम्मेदवारहरु,पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, पत्रकारहरुको सहभागितामा समितिले छलफल तथा अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहभागितामा आचारसंहिता कार्यान्वयन कार्यक्रम गरिएको बताए । राजनीतिक दल , निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरुले कानुन अनुसारको आचारसंहिता पालना गर्नुपर्नेमा मुख्य निर्वाचन अधिकृत विष्टले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचार संहिता कार्यान्वयन गराउनु समिती पुर्ण रुपमा क्रियासिल रहेको, सर्बसाधारण देखी दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार सबैको लागि आचार संहित जारी भएको प्रजिअ पन्त बताए । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार प्रचार प्रसार गर्न राजनीतिक दलहरुलाई प्रजिअ पन्तले जोड दिए । सुरक्षा चुनौती भएका उम्मेदवारहरुले सुरक्षा गार्डको माग गरेमा तत्काल उपलब्ध गराउने व्यबस्था जिल्ला सुरक्षा समितीले मिलाएको प्रजिअ पन्तले बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पाल्पाका कार्यालय प्रमुख रुकमागत अर्यालले जिल्लाको मतदाता, निर्वाचन स्थल, मतदान केन्द्र, उम्मेदवारहरुको खर्चको सिमा, राजनितिक दल, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, सर्वसाधारणले पालना गर्नुपर्ने आचार संहिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा उम्मेदवारहरुले सबै उम्मेदवारहरुलाई समान व्यबहार गर्न, आचार संहिता पूूर्ण रुपमा पालना गराउन, आफै सुक्ष्म रुपमा अनुगमन गर्न, खर्चका सिमाहरुको विषयमा अनुसन्धान गर्न, निर्वाचनमा तथस्त भुमिका निर्वाह गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीहरु लाई अनुरोध गरेका छन् । कार्यक्रममा पत्रकारहरुले दलहरु बाट आंचारसंहिता उल्लघन भएकोले दलहरु बोल्ने व्यबहार र गर्ने काम एकै किसिमको हुनु पर्नेमा जोड दिएका थिए । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update