Shittalpati
कृत्रिम फूलमालाले छपक्क बजार

पाल्पा, तानसेनको तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृतिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले ढपक्क छोपिएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् ।

प्लाष्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आर्कषक देखिने भएकाले पनि पछिल्लो समय कृत्रिम फूलको प्रयोग गर्नेको सख्या बढेको छ । नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृत्रिम फूूलका मालातर्फ सबैको आकर्षण बढेको छ । आर्थिक हिसाबले पनि सस्तो पर्ने भएकाले कृत्रिम फूलमाला तिर आकर्षण बढेको पाइन्छ । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्नुपरे तानसेनका व्यपारीहरु बताउँछन् । पछिल्ला वर्ष कृत्रिम फूलको माग बढ्दो छ । अधिकांशले घर आगनमा फूल नै नरोप्ने र रोपे पनि समयमा नफुल्ने हुँदा कृत्रिम फूलको माग निरन्तर बढिरहेको हो ।

 –तस्वीर : रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update