Shittalpati
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

पाल्पा, संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जोशीको निधनको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदासहित राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो । ‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ सूचनामा भनिएको छ । १०३ वर्षका जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update