Shittalpati
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन्  ?

पाल्पा, निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र खर्च गर्न पाइन्छ ।

जसमा उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), ढुवानी, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र अन्य प्रचार–प्रसारका शिर्षकमा खर्च गर्न पाउने छन् । मनोनयन दर्ता गराएका उम्मेदवार र दलहरु यति बेला आफ्नो चुनावी प्रचारमा व्यस्त रहेका छन् । उम्मेदवारले चुनाव चिÞन पाएसँगै मत माग्न थालेका छन् । उनीहरु आ–आफ्नो पक्षमा मत तान्नका लागि मतदाताहरुको घर घरमा दौडधुप सुरु गरिरहेको देख्न सकिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ भने निर्वाचन सामग्री धमाधम जिल्ला पठाउन सुरु गरेको छ । आयोगले ऐन कानुन अनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको बताएको छ । यससँगै आयोगमा आचारसंहिता मिचेका उम्मेदवार, संघ–संस्थाबिरुद्ध उजुरी आउने क्रम बढेको छ । आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति र संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले प्रत्यक्षतर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update