Shittalpati
तिहारलाई झिनिया

गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ । गुल्मीका अधिकांश स्थानमा अहिले झिनिया रोटीको व्यवसाय हुँदै आएको छ । त्यहाँका छानाहरुमा अहिले रंगीचंगी झिनिया रोटी सुकाईराखेको देख्न सकिन्छ । तिहारमा चेलीबेटीले आफ्ना दाइभाइका लागि उपहार दिन र माइतबाट घर फर्किदा चेलीबेटीले उपहारका रूपमा झिनिया रोटी प्रयोग गर्ने गर्दछन् । पूजाआराधना, खाजा, पाहुनाको सत्कार लगायतका कार्यमा समेत यसको प्रयोग हुने गरेको पाइन्छ ।                               –तस्वीर : जगदीश भट्टराई/एनजेडी

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update