गुल्मी, जिल्लाका सरकारी कार्यालयहरुमा छड्के अनुुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के अनुुगमन गरेको हो । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलीले कार्यालयमा छड्के गरेको छ ।
टोलीले जिल्ला समन्वय, सडक पूर्वाधार, विद्युत, नापी, मालपोत र खानेपानी कार्यालयमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ । कार्यालयहरुले प्रदान गर्ने सेवा प्रवाह र सेवाग्राहीले पाइरहेको सेवालाई सहज बनाउने उद्देश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरीक्षण गरिएको थियो । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालय प्रमुखसँग सेवाप्रवाहको क्रममा समस्या भए राख्न आग्रह गरेका थिए । सेवाग्रहीलाई अधिकत्तम छिटो सेवा प्रदान गर्न निर्देशन दिएका थिए । उनले केहि कार्यालहरुसँग वर्षातले बिगारेका मोटरबाटो, खानेपानी जस्ता समस्याहरुमा छिटो मर्मत गर्न सुल्झाए ।