Shittalpati
निर्वाचन मतपत्र छाप्दै, ढुवानी गर्दै

पाल्पा, निर्वाचन आयोगले छापिएका मत्रपत्रहरु ढुवानी गरिरहेको छ । उसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि छापिएका मतपत्रहरु सम्बन्धित क्षेत्रमा ढुवानी गरिरहेको हो । आयोगले अहिलेसम्म छापिएका समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ६० जिल्लामा ढुवानी गरिसकेको जनाएको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुने छ । पछिल्लो विवण अनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।

हालसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रंग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिÞन र अन्य विवरणका लागि कालो रंग प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिÞन र अन्य विवरणको रंग रातो मसिको रहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update