तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
पाल्पा, तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।
आइतबार दिउँसो दिदीसँगै नुहाउन गएका सारु डुबेर बेपत्ता भएका थिए । बेपत्ता उनको प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले खोजतलास गर्दा नुहाएको स्थान भन्दा केही तल खोलामा अचेत अवस्थामा फेला पारेको थियो । उनको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्