Shittalpati
कोरोनाको कहर : दुध नबिकेपछि भैसीलाई खुवाउदै कृषक

विष्णु पाण्डेय
पाल्पा, विश्व समुदायलाई त्रस्त बनाइरेहकोे कोरोना भाइरसको असर पशुपालन व्यवसायमा पनि देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणले तत्काल मानिसको स्वास्थ्यमा पार्ने असरसँगसँगै कृषि पशुपालनमा समेत देखिएको हो । जिल्लामा लकडाउन सँगै निषेधाज्ञान जारी रहेपछि जिल्लामा कृषिसँगै पशुपालन गर्ने कृषकहरु बढी मारमा परेका छन् । रामपुर नगरपालिका ८ एक्लेटारका नरनारायण अर्यालले बजार बन्दका कारण दुध नविकेपछि भैसीलाईनै खुवाउन थालेका छन् । ५९ वटा भैसी पालेका नागिन एग्रोभेट एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक अर्यालले दैनिक १ सय ९० लिटर दुध नबिकेपछि चिन्तित छन् । विगत ३ दिनदेखि दुध विक्न छाडेको उनले बताए । नगरपालिकाले दिनको बिहान २ घण्टा र साँझ २ घण्टा डेरी सञ्चालन गर्न भनेपनि त्यो पर्याप्त नभएको उनको गुनासो छ । उनले भने ‘पहिले मेरै दुध डेरीबाटै १ सय ९० लिटर दुध सहजै बिक्ने गरेको थियो, अहिले दुध भैसिलाई खुवाउनुपर्दा साह्रै दुख लागेको छ ।’


भैसीलाई खुवाउने दाना, पराल पनि नपाउदा कसरी भैसी पाल्ने भन्ने चिन्ता लागेको कृषक अर्यालले बताए । उनले दाना सहज रुपमा ल्याउन दिउने वातावरण सिर्जना गरिदिन सरकारलाई आग्रह गरे । ‘दाना सहज रुपमा ल्याउन पाईदैन यो अवस्था यथावत् रह्यो भने हामी मर्कामा पर्छौ’ कृषक अर्यालले भने । दुध गाडि सञ्चालनमा सहजता ल्याईदिन उनले प्रसासनसँग आग्रह समेत गरेका छन् । अर्यालल जस्तै जिल्लाका अन्य कृषकहरु पनि लकडाउनका कारण दुध, कुखुरा नविकेपछि मर्कामा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update