गजल
मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी
बाहिर तिमी म भित्र सानु भेट भयो संघारमा
न तिम्ले रोक्यौ न मैले नानु भेट भयो संघारमा
डुबेर यादमा सम्झेर धेरै पर्खिने बनायौ
नबोली गयौ कसरी तानु भेट भयो संघारमा
भेटेर कुरा गरौंला धेरै भनेर आएको
गरेर पिछा खै कता जानु भेट भयो संघारमा
बोल्न त केही अवश्य पथ्र्याे तिम्ले नि भेटहुँदा
कसरी एक्लै कसम खानु भेट भयो संघारमा
काखीमा च्यापी ल्याएको मैले कोशेली गुलाफ
कसरी फिर्ता बोकेर लानु भेट भयो संघारमा
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्