पाल्पामा मनाइयो मगरी खाना तथा साँस्कृतिक महोत्सव
नेपाल मगर संघ पाल्पाको आयोजनामा तानसेनको टुँडिखेल चोकमा सञ्चालन गरिएको मगरी खाना तथा साँस्कृतिक महोत्सवको झलक । शुक्रबार माघे संक्रान्तिको पूर्व सन्ध्यामा मगरी संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा दर्शकहरुले मगरी खाना बारा (बटुक), वाक्से,मगरी मःम, चिकेन ससेस, चिकन सेकुवा, तरुल, सखरखण्ड लगायतका खानाका परिकारको स्वादसँगै साँस्कृतिक कार्यक्रमको मज्जा लिएका थिए ।
–तस्वीर : रामचन्द्र रायमाझी/नवजनचेतना दैनिक
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्