पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पाल्पा लायन्स क्लबको पदस्थापना गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमका बिच वर्ष ०२२/२३ को पदस्थापना गरिएको हो । सीता बस्नेतको अध्यक्षता बनेको नयाँ समितिको पदस्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा लायन्स क्लब अफ विटुका डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले नयाँ समितिको सफताको शुुभकानमा व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरे । उनले लायन्सले हामी सेवा गछौं भन्ने भावनाका साथ सामाजिक सेवामा अनवरत लागेको भन्दै आगामी दिनमा पनि सोही अनुसार लाग्न नयाँ समितिलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा विशिष्ट अथिति नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले नेपालको पछिल्लो आर्थिक विकासको अवस्था र पाल्पाको सम्रग आर्थिक एवं सामाजिक अवस्थाको बारेमा आफ्नो भनाई राखेका थिए । राष्ट्रिय योजना आयोगले सर्वजानिक गरेको पछिल्लो तथ्याङ अनुसार पाल्पाको गरिबी २१ प्रतिशत रहेको र यो प्रतिशत समग्र नेपालको गरिबीको प्रतिशत भन्दा बढी रहेको भन्दै जिल्लाकोे आर्थिक अवस्थाको सुधार गर्न अवश्यक रहेको उनले औल्याए । कृषि र पूर्वधार र शिक्षाको विकासमा समेत पाल्पा लुम्बिनी प्रदेशमा पछि परेको नेपालको भनाई छ । जिल्लालाई पर्यटन र कृषिका माध्यमबाट विकास गर्न सकिने भएकाले समाय अनुकुल पर्यटन विकासका कार्यक्रम ल्याउन उनले क्लवलाई आग्रह गरे । लायन्स क्लब अफ पाल्पाका वर्ष ०२१/२२ का अध्यक्ष मोहन प्रसाद श्रेष्ठले वर्षभरी गरेका कामको जानकारी गराएका थिए ।
कार्यक्रममा क्लवका फष्ट भिपी अर्जुनमान सैजु, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना,पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा,लायन बुद्धिप्रसाद शर्मा,लायन मिना पन्थी,अशेष भट्टराई लगायतले लायन्स क्लब अफ पाल्पाले जिल्लामा स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा पुु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । क्लबले जनता माविमा कक्षा १ मा अध्ययनरत जेम्स पुन मगरलाई कक्षा १२ सम्म निशुल्क पढाईदिने गरी छात्रवृति समेत प्रदान गरेको छ । जेम्सलाई पहिलो किस्ता अन्र्तगत ४५ सय प्रदान गरिएको हो । यस्तै क्लवले मोहनकन्य माविबाट एसइई उत्र्तिण पछि आर्थिक अभावले पढ्न नपाएकी समिक्षा सिलवाललाई समेत कक्षा १२ सम्म निःशुल्क पढाईदिने भएको छ । उनलाई पनि पहिलो किस्ता अन्र्तगत ७ हजार ५ सय प्रदान गरिएको छ । यो क्लव २०३८ सालमा पहिलो लायन्स क्लवका रुपमा स्थापना भएको थियो । क्लवकी अध्यक्ष सीता बस्नेतको अध्यक्षता, उपाध्यक्ष समिरमान सिंको स्वगात, सचिव अजय बहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।