Shittalpati
कोभिड १९


अधिवक्ता शिव प्रसाद देवकोटा

कोभिड उन्नाईस ठूलो भाईरस ,फैलदै आको छ ।
विश्वभर फैलिदै गई,आतंकीत पार्दैछ ।।

जो मानिसमा भाईरस सर्छ ,संक्रमित बनाउछ ।
संक्रमित भएपछि, ठूलो विमारपार्छ ।।

संक्रमित मानिसवाट,भाईरस फैलिईन्छ ।
फैलिएको भाईरसले,संक्रमित वढाउछ ।।

रुघा ,खोकी,ज्वरो,साथै,टाउको दुखाउने ।
श्वास फेर्न गाहारो साथै,घाटी दुखाउने ।।

छाती,मुटु,मृगौलाको समेत असर गर्छ ।
त्यस्तो देखिए हस्पिटल गै,जचाँउनु पर्छ ।।

विमार मात्र होईन यस्ले, ज्यानै लान सक्छ ।
ज्यान जाला जोगीनु है,ज्यान वचाउनु पर्छ ।।

कैयौ मानिसको ज्यान,लिईसक्यो यसले ।
माहामारी रोग भोग्न वाध्य,विश्वका सब देशले ।।

वर्ग छुट्याको देखिन्न,ठूलो सानो भनि ।
भाईरस पावर देखाउछ है,मैहु ठूलो भनी ।।

यसलाई जित्ने शक्ति वन्ने,अनुसन्धान जारी ।
यो भाईरसको माहारोगले,विश्व तर्सित भो नी ।।

तत्काल उपचार के हो ,सूचनालाई मान्नु ।
हल्का मजाक नसम्झेर, होसियार रहनु ।।

हातबाट सर्छ भन्छन,हात धोई सफा राखौं ।
वाहिर घुमफिर नगरेर ,घरै भित्र बसौं ।।

विदेशबाट आछौ भने,क्वारेनटाईन गै बसौं ।
परीक्षणमा ठिक देखिए,वल्लघर गै वसौं ।।

एकको लापरवाहीको कारण,घर समाज विग्री जाला ।
यो भाईरस खतरनाक छ,सावधान रहनु होला ।।

कोरोनाले रेलिमै,संसारलाई तर्सायो ।
यो भाईरस रोग रेलिमै,विश्वमै फैलियो ।।

सावधान साथ रेलिमै, घरभित्रै वस्नु है।
सूचनालाई सब जन्ता,ध्यान दिई मानौ है ।।

सूचनालाई मानेर अगाडि बढौं है ।
सूचनाको हामीले पालन गरौं है ।।
धन्यवाद ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update