Shittalpati
जनताले नयाँ अनुहार खोजिरहेका छन् : गैरे

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले जनताले नयाँ अनुहार खोजेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रमलार्य सम्बोधन गर्दै उनले मतदाताहरुले आफूप्रति देखाएको सद्भावले नयाँ अनुहार खोजेको महसुस भएको बताएका हुन् ।

‘अहिले जनताले नयाँ अनुहार खोजिरहेका छन्’ उनले भने ‘सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने छन् । निर्वाचित भएपछि तानसेनको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने गैरेले प्रतिबद्धता जनाए । तानसेनलाई ऐतिहासिक शहरको रुपमा स्थापित गर्ने, यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधान गर्ने र उपभोक्ताका धारामा दैनिक खानेपानी उपलब्ध हुनेगरी काम गर्ने समेत उनले बताए । मतदाताको मागअनुसार सिद्धबाबा सडकमा सरल सहज यात्रा हुनेगरी निर्माण कार्यका लागि पहल गर्ने पनि उनले बताए ।

क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावनालाई कदर गरेर सेवामुखी काम गर्ने बताए । तानसेनकै मतदाताहरुसँगको भेटघाटका क्रममा भट्टराईले तानसेनको आफैमा ऐतिहासिक महत्व रहेकोले तानसेनलाई थप व्यवस्थित सहरका रुपमा विकास गर्ने योजना रहेको बताए । क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्ती मगरले मस्यामको सिस्नेखोला जन्तीलुङ अर्खले, पाटन क्षेत्रका मतदाताहरुसँगको भेटघाटमा सिंचाई, खानेपानी र सडक पूर्वाधारमा जनताले भोग्नुपरेका समस्या हटाउनका लागि आफुले पहल गर्ने बताए । क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्य आइतवार माथागढी गाउँपालिकाको रुप्से, कसेनी का मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहे । उनीसँगै क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारु पनि सोही क्षेत्रमा घरदैलो तथा टोलभेलामा व्यस्त रहेका छन् । त्यस्तै क्षेत्र नं. १(१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ पनि रामपुर नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update