पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नंं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य एमालेको सरकार हुुँदा विकास निर्माणले गति लिएको दावी गरेका छन् । उनले निस्दी र तिनाउका विभिन्न क्षेत्रका मतदताहरुसँग भोट माग्दै यस्तो बताएका हुन् ।
आचार्यले केपी शार्म ओली नेतृत्वको सरकारको पालामा नेपालमा विकासले गति लिएको भन्दै अबको विकासका लागि पनि एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले केपी ओली सरकारको पालामा पुल, सडक, विद्यालय भवन, साँस्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु सञ्चालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकाले पुन एमालेकै सरकार बनाउन मतदाताले मत दिएर सहयोग गर्न आग्रह गरे ।
एमाले पाल्पा क्षेत्र नंं १ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले पूूर्वखोलाकोंं हेक्लाङ र तिनाउको कोल्डाडाका जनतासँग घरदैलो कार्यक्रममा केराबारी, पाताल, मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताएका छन् । एमाले उम्मेदवार क्षेत्र नंं १ (१) का प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले निस्दीको सहलकोट र झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नती, काउले डाँडामा थप पर्यटकीय पूूर्वाधार निर्माणमा पहल गर्ने बताए ।
पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य ओम बहादुर घर्तीमगर तिनाउ गाउँपालिकाका झिंगामारा, ठूूली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । झिंगामारा, रानीबगीया, ठूूलिउदान, हँुदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, झिंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने गैरेले बताए । कचलमा खानेपानी, विद्युत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने प्रदेश सभा सदस्यका उम्मेदवार ओम बहादुर घर्तीमगरले बताए । पाल्पा क्षेत्र नंं २ (१) का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाका विभिन्न वडामा पुुगेर सिंचाई , खानेपानी र सडकको क्षेत्रमा काम गर्ने बताए ।