पाल्पा, पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफैले सुुरु गरेका विकास योजनाहरु सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्नका लागि पुनः उम्मेदवारी दिएको बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसँगको भेटमा आफैले सुुरु गरेका विकासका योजनाहरु सम्पन्न गर्न र केही नयाँ विकासमा रेखाहरु कोर्न पुनःउम्मेदवारी दिएको बताएका हुन् ।
गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको विकासुमा थुप्रै काम गरेको र केही विकासका योजनाहरु अगाडि बढेकाले ति योजना सम्पन्न गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् । रैनादेवी छहराका विभिन्न क्षेत्रमा पुुगेर पाण्डेले आफ्नो उम्मेदवारी किन र के का लागि भन्ने कुरा मतदतालाई प्रष्ट पार्दै यस्तो बताएका हुन् । उनले पाल्पाको विकासमा आफूले जत्तिको कुनै पनि नेताले काम नगरेको भन्दै त्यसलाई सहि रुपमा परिचालन गर्दै समृद्ध नेपाल र विकसित पाल्पा बनाउने काममा आफूले अहोरात्र काम गर्ने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेले आपूmले उद्योगमन्त्री हुँदा हार्थोक सिद्देश्वर बाटोको लागि साढे चारकरोड आफूले नै पहल गरेर पारेको बताउँदै त्यसको स्तरउन्नतीमा समेत आफूले ध्यान दिने बताए । उनले यस क्षेत्रमा समस्याको रुपमा रहेको खानेपानी, सिंचाई, कृषि, पशुपालन लगायतको कामलाई योजना बनाई युवा स्वरोजगार र आयमुलक काममा प्रतिवद्धता सहित जनताको बाचा पूरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । सिम्ले बसेनी सिंचाई, असारे र साउनेको खानेपानी,मरेङ चिसापानी खानेपानी आयोजनामा केन्द्रबाट तीन करोड बजेट आफूले नै पठाएको उनले बताए । पाण्डेयले पाल्पाको विकासमा गाउँगाउँबाट योजना बनाएर ल्याउन र त्यसको लागि कुनै पनि हालतमा बजेट कमी हुन नदिने बताए । सिद्देश्वरमा रहेको गुफालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्दै अब आर्थिक समृद्धि र आय आर्जन विकासमा आफूले पहिलो काम गर्ने उनले बताए । उनले कुशुमखोला देखी सल्लेधारा सम्म फलफूलको पकेट क्षेत्र बनाउने भन्दै कृषि, पशुपालन, सितभण्डार लगायतका क्षेत्रमा योजना ल्याएर काम गर्ने समेत बताए ।
प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पनि आफुु प्रदेश सांसद र मन्त्री हुँदा पाल्पाको सडक, कृषि, सिचाई र विद्युतको क्षेत्रमा उल्लेखीय काम सम्पन्न गरिसकेको र बाँकी केही कामहरु अगाडि बढेकाले ति कामहरु सम्पन्न गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् । उनले बाँकी रहेका र केही गर्नुैपर्ने कामहरुका लागि आफुु फेरी प्रदेश सदस्यमा उम्मेदवारी दिएकाले मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले दुई तिहाईको अभिमत सहितको सरकारले संविधान विरोधी र जनभावना विरोधी गतिविधि गरेकाले यो गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउने स्वार्थले बनेको नभई मुलुकको आवश्यकताले बनेको भन्दै अहिले आफूहरुले जित्नु नै देश र जनताले जित्नु सरह भएको बताए । उनले अहिलेको गठबन्धन भनेको केपी ओलीले संविधानले कल्पनै नगरेको पटक–पटक संविधान च्यात्ने गरेर संसद भंग गर्ने जस्ता तानासाही र स्वच्छाचारी काम गरेकाले आफूहरुले गठबन्धन गर्नुपरेको बताए । देशमा एकल पार्टीलाई जनताले बहुमत पटक पटक दिएको भएता पनि ति मतहरु ति पार्टीले सफल बनाउन नसकेकोले अहिलेको आवश्यकता र जनताको म्यान्डेड भनेकै सबै दलहरु मिलेर जाउ र समृद्ध र विकसित मुलुक बनाउँ भन्ने सन्देश रहेकाले गठबन्धन गर्नुपरेको उनको भनाई छ ।
क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्तीले कम्यूनिष्ट र काँग्रेसको मिलनबाट नै देशको विकास हुने बताए । उनले विगतमा समेत काँग्रेस र कम्यूनिष्ट मिलेर नै देशको हरेक समस्याको समाधान गरेको बताउँदै यस पाली पनि केपी ओलीले गरेको संविधान विरोधी गतिविधिबाट मुक्त गर्न गठबन्धनले जित्नुपर्ने बताए ।
सिद्धेश्वर, सोमादी, भुवनपोखरी लगायतको क्षेत्रको घरदैलो गर्दै उनले हजारौं शहिदहरुको रगत र बलीदानी बगेर आएको गणतन्त्र र संघीयताको रक्षाको लागि पनि अहिलेको अवस्थामा कम्यूनिष्ट र काँग्रेस मिल्नु पर्ने बताए । उनले नयाँ संरचनामा प्रदेशमा विभिन्न कानून निर्माणको काम गरेर प्रदेशले संस्थागत र विकासका कामहरु सुरु गरेकोले ति सुचारु भएका कामहरुलाई पूरा गर्नको लागि यस पटक फेरी आफू उम्मेद्वार भएको भन्दै अधुरा काम पूरा गर्न र विकासको नयाँ मार्ग कोर्नको लागि वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट आफू साझा उम्मेद्वार भएको बताए । हार्थोक– सिद्देश्वर सडकको स्तरउन्नती गर्ने, अमलावास, धजाबान्ने, सोमादी–सिद्देश्वर–वनवास बाटो, सिद्देश्वर मराङ्दी, चिसापानी खानेपानीको कामको लागि तीन करोड बजेट विनियोजन भएको बताउँदै त्यो काम अहिले सम्पन्न गर्ने गरी काम भइरहेको घर्तीले बताए ।
उनले साउने, देवले, अर्चले र असारे क्षेत्रको खानेपानी समस्या समाधान आफूले पहल गरेको भन्दै खानेपानीको ट्यांकी निर्माणको काम अन्तिम भएको भन्दै वाँकी काम अबको एक, दुई वर्षमै पूरा गर्ने बताए । सिम्ले कसेनी फाँट सिंचाई आयोजना, असारेको खानी क्षेत्रको समस्याको व्यवस्थापनको पहल गर्ने, कृषि, सिंचाई र युवा स्वरोजगारको निम्ति विशेषखालको प्याकेज ल्याउने घर्तीले बताए । उनले पाल्पामा आफू सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकोले ति विनियोजित बजेटका कामको सम्पन्न र नयाँ विकासको कामको लागि गठबन्धन मार्फत आफूलाई विजयी बनाउन सबै मतदाताहरुमा उनले आग्रह गरे ।
पाल्पामा डेढ सय युवाहरू काँग्रेसमा प्रवेश
निर्वाचनको मिति नजिकिएसँगै पाल्पामा पार्टी प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । यहाँ पछिल्लो समय एमालेसहित अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ । बुधबार मात्र एमालेसहित विभिन्न पार्टी परित्याग गरी डेढ सय युवाहरू काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसका गतिविधिहरुबाट प्रभावित युवाहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गठबन्धनमा प्रवेश गराइएको छ । नेपाली गठबन्धनका संयोजक तथा काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना,युवा नेता रवि गुरूङ,छवि थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरे । देशको परिवर्तन काँग्रेससहितको गठबन्धनकै सरकारले गर्ने विश्वास र अठोटका साथ काँग्रेसमा प्रवेश गरेको युवाहरूले बताएका छन् ।