Shittalpati
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने

पाल्पा,पाल्पामा मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।

दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न केही ढिलाइ हुँदा मतगणना समयमा हुन नसकेको हो । क्षेत्र नम्बर १ र २ को दुर्गम भेगबाट मतपेटिका ल्याउन राति १ बजेकाले संकलन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुर्गमबाट आउनै ढिलाइ भएको र कर्मचारीले मतपेटिका संकलन गर्न समय लागेका कारण पनि सर्वदलीय बैठक बस्न मै ढिलाई भएको थियो । अहिले क्षेत्र नं १ को रामपुर र २ को तानसेनमा सर्वदलिय बैंठक चलिरहेको छ । मतपेटिकाहरू मतगणनास्थलमा सोमबार बिहान ५ बजेमात्र मतदान अधिकृतहरुले बुझाएका छन् । क्षेत्र नम्बर १ को रामपुर नगरपालिकास्थित नापी कार्यालय भवन र क्षेत्र नम्बर २ को तानसेनस्थित बालमन्दिर भवनमा मतगणना हुने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update