पाल्पा, पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न केही ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको थिएन् । ढिलाई गरी मत गणना सुुरु भएको हो ।
यहाँ नापी कार्यालय रामपुरको भवनमा मतगणना गरिएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका ज्ञानबहादुर गाहा, नेकपा एमालबाट नारायण प्रसाद आचार्य, मंगोल नेशनल अर्गनाईजेशनबाट थमन बहादुर बुढामगर, राप्रपाबाट ज्ञानबहादुर सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, जनता समाजवादी पार्टी मेयरमान राना, स्वतन्त्रबाट विपिन कडेल, नारायण न्यौपाने, डोल राज तिमिल्सीना, राजु सुनार प्रतिष्पर्धामा रहेका छन् ।
प्रदेशसभामा १ (१) मा नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसबाट श्यामकान्त खनाल, मंगोल नेशनल अर्गनाईजेशनबाट पूर्ण बहादुर रुचाल, राप्रपाबाट डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भिमसेन सुनारी मगर प्रतिष्पर्धामा रहेका छन् । यस्तै प्रदेशसभामा १ (२) मा नेकपा एमालेबाट खेम बहादुर सारु, नेपाली काँग्रेसबाट शंकर प्रसाद खनाल, मंगोल नेशनल अर्गनाईजेशनबाट लालबहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना प्रतिष्पर्धामा रहेका छन् ।