Shittalpati
अझै नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

काठमाडौं, यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका संकलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं. १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् । गुल्मीको एक मतदानस्थल (अर्वेनी) मा आजै पुनःमतदान भएको छ । कर्णाली प्रदेशको मुगुमा मतपेटिका संकलन भइसकेको छ भने डोल्पामा ११ र हुम्लामा ३४ मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी रहेको छ । सुर्खेतको सिम्ता मतदानस्थलमा आज पुनः मतदान भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः मतदान हुन बाँकी छ । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update