Shittalpati
एचआइभी संक्रमणमा कमी

पाल्पा, पछिल्लो वर्ष नेपालमा एचआइभी संक्रमणमा केही कमी आएको छ । यहाँ सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ संक्रमणमा कमि आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ संक्रमित फेला परेका छन् । सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ संक्रमितमा कमी आएको हो । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी संक्रमत रहेका थिए ।

कुल संक्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत संक्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी संक्रमण भएको तथ्याड्ढमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ संक्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो संख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको थियो । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update