पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना विरुद्धको लडाई जित्न लकडाउनको पालना गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । सामुदायिक रेडियो मदनपोखराको २२ औं वार्षिक उत्सवको अवसरमा शुभकामना दिर्दै मन्त्री ज्ञवालीले कोरोना विरुद्धको लडाईमा नेपालले जित्न सरकारले गरेको लकडाउनको आदेशलाई इमान्दारीपूर्वक पालना गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका हुन् ।
मन्त्री ज्ञवालीले भने, ‘एउटा वडाबाट अर्को वडामा, एउटा पालिकाबाट अर्को पालिकामा, एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन बन्द गरिएको छ । यो बेला घरभित्र बसिदिनुहोस्, लकडाउनको अधिकतम सदुपयोग गर्नुहोस्’ । उनले लकडाउनको अवधिमा पनि घर परिवार मिलेर घरको काम, खेतीपाती गर्न गर्न मिल्छ । बाहिरका मान्छेसँग टाढा रहेर मात्र दैनिकी अगाडि बढाउन आम नागरिकलाई आग्रह गरे ।
कोरोना संक्रमणलाई जतिथोरै संख्यामा सीमित गर्न सक्यो नेपालले महामारीको त्यति नै मात्रामा लडाईं जितेको हुने मन्त्री ज्ञवालीले बताए । उनले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै अब जति संख्या सीमित गर्न सक्यौ, त्यति नै छिटो भोलिको नेपाललाई विकास दिन सक्नेमा जोड दिए । मन्त्री ज्ञवालीले कोरोना महामारीले सिंगो मानवजाति संकटमा परेको भन्दै औषधी उपचार नहुने र अत्यन्त छिटो संक्रमण फैलने समस्याको सामना गरिरहेको बताए ।
‘समुदायको साथ पाए संस्था सफल हुन्छ् भन्ने प्रमाण हो रेडियो मदनपोखरा’
सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सामुदायिक रेडियो मदनपोखराले ग्रामीण समुदायसँग सञ्चार माध्यम जोड्न र समुदायको आवाज नीतिनिर्माण तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै समुदायको साथ समर्थन रह्यो भने सामुदायिक संस्था कसरी सफल हुन्छन् भन्ने मदनपोखरा एउटा प्रमाण रहेको बताए । जनताको सुसूचित हुने हकलाई निष्ठापूर्वक कार्यान्वयन गर्न, समाचार र मनोरञ्जनका अतिरिक्त सार्वजनिक मुद्धाहरुमा सारेमले दिएको स्थानको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि विश्वासिलो र भरपर्दो माध्यम बन्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।
स्थापना दिवसको अवसरमा सामुदायिक रेडियो मदनपोखराले विश्वभरी महामारी फैलाएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिने बताएको छ । सारेमले आइतबार(आज)रेडियोमाकोरोना संक्रमण र नागरिक स्वास्थ्य सुरक्षाविषयक परिसंवाद कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण क्षेत्रका जनतामा सूचनाको पहुँच पु¥याएर सुसूचित, शिक्षित र दीक्षित बनाउने जस्तो महत्वपूर्ण कार्य गरेकोमा सामुदायिक रेडियो मदनपोखरालाई बधाई तथा शुभकामना दिए । मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएको र मदनपोखरा जस्ता सञ्चार संस्थाले त्यस्ता चुनौतीको सामना गर्न सक्ने विश्वास प्रदेशसभा सदस्य आचार्य व्यक्त गरे । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले गरेर खाने श्रमजीवीवर्गको पनि सञ्चार माध्यममा पहुँच छ भन्ने मान्यता रेडियो मदनपोखराले स्थापित गरेको बताए ।
कोरोनाभाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेको समयमा पनि महामारीकै विषयमा छलफल चलाएर नागरिकलाई जानकारी दिएकोमा नगर प्रमुख शाहीले रेडियोको प्रशंसा गरे । युनाइटेड मिसन अस्पतालका जनरल प्राक्टिसनर डा. लेस डोरननले कोरोना संक्रमित नेपालमा थोरै रहेको र जाँच पनि कम नै भएको बताए । डा. डोरननले बाहिरबाट आएका र घर बाहिरका व्यक्तिसंग सम्पर्क नभएका एकै परिवारका सदस्यसंग डराउनु नपर्ने बताए ।
दुई दशकदेखि आफू नेपालमै रहेको उल्लेख गर्दै डा. डोरननले भने, ‘स्वास्थ्य सल्लाह, स्वास्थ्य सचेतना र स्वास्थ्यप्रति नागरिकको जागरुकता बढाउन सामुदायिक रेडियो मदनपोखराले खेलको भूमिकाको सबैले कदर गर्नुपर्ने धारणा व्यक्त गरे । कोरोना संक्रमणको सम्भावना, रोकथाम र उपचारका लागि आवश्यकपूर्व तयारी र राहत वितरण लगायतका विषयमा प्रदेशसभा सदस्य नारायणप्रसादआचार्य, तानसेन नगरपालिकाकाप्रमुखअशोककुमार शाही र युनाइटेड मिसन अस्पतालका डा. लेस डोरननसंग करिव एक घण्टा छलफल रेडियोले लाइभ प्रसारण गरेको थियो ।
समुदायलाई सूचनाको मालिकबनाऔँ भन्ने अभियानका २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको थियो । काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक २०५५ सालपौष १८ गते रेडियो सञ्चालनको इजाजतपाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन मार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ । सामुदायिक रेडियोको विशेषताभनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमाचल्ने रेडियो हो भन्ने दृष्टान्त दिनमदनपोखरा सफलभएको छ ।
बाइसौँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको बताए उनले आगामीदिनमा पनि निर्भय र निर्भिकताका साथ रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउने अध्यक्ष जीसीको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बीरबहादुर राना, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख जिल्लाअधिकारी यादव सुवेदी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, व्यापार संघका अध्यक्ष चिरिञ्जिीवी पोखरेल लगायतले नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीहरुले रेडियोको दीगोपनको कामना गर्दै शुभकामना दिएका थिए ।
सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले लकडाउनको अवधिमा सुरक्षित रहेर सूचनाप्रवाहको कार्यलाई थपप्रभावकारी बनाउने बताए । उनले भनेक, ‘सञ्चार प्रविधिमा आएको इन्टरनेट, टेलिफोन, सामाजिक सञ्जालको उपयोग गरेर नागरिकलाई कोरोनका बारेमा सही सूचना दिनु हाम्रो कर्तव्य हो ।’ स्थापनाकालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने काम आज जस्तो सजिलो थिएन । तर पनि पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलन गर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारण योग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो । लकडाउनको पालना गर्दै सारेमले आज दिनभर स्टुडियोबाटै विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।