Shittalpati
गजल


मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी

नबोल प्रिय, झर्केर रिस्सी, फाट्दछ मन यो
बचन रुखो, बनेर छुरी, काट्दछ मन यो

छोडेर आएँ, बा–आमा घर, भरोसा तिमी हौ
बनेर दुष्ट, आत्मा यो आफ्नै, झाट्दछ मन यो

न छन् है दाजु, न छन् है भाई, न दिदी आफन्त
प्रवासी भएँ, आँशुको भेलले, छाट्दछ मन यो

हेरेर तिम्रो, सन्तानको मुख, बाँचेको छु मैले
पत्तो नै छैन, के भयो कुन्नी, ढाट्दछ मन यो

बाँचौला साटी, सुख र दुःख, कसम यहीं हो
तिमी नै अबुझ, भएमा कस्ले, साट्दछ मन यो

 

 

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update