Shittalpati
यसरी तरकारीले फेरिदियो कृषकको जीवनशैली

प्रकाश नेपाल
पाल्पा,निस्दी गाउँपालिकाको सहलकोटकी भविसरा मश्राङ्गीको आजभोली दैनिकी फेरिएको छ । बिहान उज्यालो हुनासाथ बारीमा लगाएको तरकारीको बोटविरुवाको व्यवस्थापन गर्दा ठिक्क हुन्छ । करिव दश रोपनी क्षेत्रफलमा लगाएको मौसमी बेमौसमी तरकारीको व्यवस्थापन , बजारीकरण गर्दा उनको दिन वित्ने गर्दछ । भविसरा विगतका दिनलाई कल्पना गर्दा सपना जस्तै लागेको बताउछिन् । ४ जनाको परिवार पाल्नका लागि श्रीमान श्रीमतीले मजदुरी गर्दा पनि बिहान बेलुकाको हात मुख जोर्न कठिन हुन्थ्यो, एक सरो कपडाले शरीर ढाक्न दशै नै पर्खनु पर्ने बाध्यता थियो । तर भूतकालको तुलनामा वर्तमान सपना जस्तै भएको उनले आफ्नो अनुभव सुनाइन् ।

                                           महिला कृषक भविसरा मश्राङ्गी । 

भविसराको जस्तै सहलकोट, भाङवारीको खगिसरा मश्राङ्गीको पनि दैनिकी बदलिएको छ । व्यसायिक तरकारी खेतीको थालनी गर्नु अगाडि बिहान ३ बजे उठ्यो , घरेलु मदिरा बनायो मिर्मिरेको उज्यालो संग संगै आफूले तयार गरेको घरेलु मदिरा बोकेर २ घण्टा को पैदल दुरीमा रहेको रामपुर बजारमा पु¥यायो, विक्री ग¥यो, केहि नगद केहि रुपैयाँको कनिका ल्याउनु उनको दैनिक कार्य तालिका जस्तै थियो । विगतको दिनका तुलनामा आजभोली निकै सहज भएको शरीरमा पनि आराम, आम्दानी पनि हजार गुणा भन्दा बढी भएको उनले बताइन् । उनीहरुको मात्र नभइ उनीहरु जस्तै मदिरा बनाउने ज्याला मजदुरी गर्ने २/४ पैसाको गर्ज टार्न अर्कासंग व्याजमा ऋण लिनु नपर्ने हरियो तरकारी खानाका लागी रामपुर बजारमा पुग्ने गाउँका २५ जना भन्दा बढी महिलाहरुको दैनिकी मात्र बदलिएको छैन जीवन स्थर समेत बदलिएको छ ।


एक दशक अगाडि स्थानीय संस्था जनविकास तथा परिचालन केन्द्रको आयोजना र व्यवस्थापनमा आइ.डि नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम उपलब्ध गराएपछि , व्यवसायिक तरकारी खेतीकै कारण महिलाहरुको क्षमता तथा नेतृत्व विकासमा समेत पविर्तन आएको स्थानीय कृषक तथा वडा सदस्य गगनसिं दर्लामी बताउछन् । आफु खुसी ज्याला मजदुरी गर्ने, घरेलु मदिरा अत्पादन गर्ने महिला महिलाहरुलाई व्यवसायिक तरकारी खेतीतर्फ प्रेरित गर्नका लागि निकै पापड बेल्नु परेको संस्थाका अध्यक्ष देविलाल लामिछाने बताउछन् ।

                                            जनविकास तथा परिचालन केन्द्रका अध्यक्ष देवीलाल लामीछाने   

सबै बस्तु निशुल्क रुपमा उपलब्ध गराएर तरकारी खेती गर्ने होइन गरिदिनेहरु ४ जना थिए । तरकारी बजारमा पु¥याएर हातमा पैसा पर्न लागेपछि आफ्ना लागि व्यवसायिक तरकारी खेती गर्नेकको संख्या ५५ पुग्यो । महिलाहरु तरकारी खेतीबाट आर्जीत रकम घर खर्च गर्ने मात्र नभइ वचत गर्ने बानी समेत बसेको छ । बचतबाट संकलित रकम परिचालनका लागि महिलाहरुकै सहभागिता क्रियाशिलतामा, जलदेवी सामाजिक उद्यमी महिला सहकारी संख्या मार्फत परिचालन हुदै आएको अध्यक्ष लामिछाने बताउछन् । घर चलाउनै लागि ऋण खोज्ने, बिहान वेलुका तरकारी किनेर खानेहरुले पैसा आवश्यक परे अरुलाई सापटी दिन सक्ने तरकारी किनेर खानेले विक्री गर्ने लागेको अगुवा कृषक हिरा बहादुर राना बताउछन् ।
तरकारी खेतीका कारण महिलाहरुको मात्र नभइ पुरुषहरुको समेत दैनिकी मात्र होइन आनी बानीमा समेत परिवर्तन आएको छ । महिला पुरुष, श्रीमान, श्रीमती मिलेर काम गर्ने पुरुषले उत्पादित तरकारी बजारीकरणका लागि रोक्सेभज्याङ्ग रामपुर सम्म पुग्ने गर्दछन् । मदिरा र जुवा तासमा झुम्मीने फूर्सद नै छैन सबै अ आफ्ना काममा व्यस्त छन् । स्थानीय कृषक यमबहादुर मश्राङ्गीले आफ्नो अनुभव बताए ।


एक घर एक सदस्यको अवधारणा अनुरुप स्थापित सहकारी संस्थाले कृषि पशुपालनका लागि आवश्यकता अनुसार २५ हजार रुपैया देखि दुई लाख रुपैया सम्म कर्जा प्रवाह गरेको र महिलाहरुको आर्थिक सामाजिक राजनैतिक क्षेत्रमा शसक्त तुल्याउनका लागी पहिलो तरकारी खेती हो । तरकारी विक्रीबाट प्राप्त रकम सहकारी संस्थामा वचत गर्ने फजुल खर्च कम गर्दै जाने कार्यको विकास भएको सहकारी संस्थाको अध्यक्ष राममाया लामीछाने बताउछिन् ।
कृषकले शारीरिक र मानसिक रुपमा लगानी गर्ने सहकारीले आर्थिक लगानी गरेर उत्पादित कृषि उपजमा विचौलियाले रजाइ गर्दा कृषकहरु मर्कामा परेको उनीहरुको गुनासो रहेको छ । वार्षिक रुपमा मौसमी बेमौसमी तरकारी खेतीबाट गाउँमा एक करोड रुपैया भित्रन्छ । तर व्यवसायीक कृषकले भन्दा दोब्बर आम्दानी व्यवसायीक विचौलियालाई हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।  व्यवसायीक रुपमा तरकारी खेतीबाट कृषकको जीवनस्तर मा परिवर्तन ल्याउनका लागी कृषिमा यन्त्रीकरण आधुनीकरण मा जोड दिएको स्थानिय सरकारका प्रमुख तथा निस्दी गाउपालिका का अध्यक्ष मुक्त बहादुर सारु बताउछन् ।


कृषि उपजमा विचौलियाको अन्त्य गर्नका लागी बजार सम्म कृषि उपज पु¥याउन र लागत मुल्य कम गराउन का लागी ढुंवानीमा अनुदानको व्यवस्थापन आवश्यकता भएको आफुले महसुस गरेको र त्यसको कार्यान्वयन तत्कालै गर्ने अध्यक्ष सारुले प्रतिबद्धता जनाए ।
विचौलियाहरुले टमाटरमा प्रति के.जी २५ देखि ३५ रुपैया सम्म कमिसन लिदै आएका छन् । टमाटर बन्दा , काउली, मूला, काक्रा जस्ता कृषि उपजहरुमा विचौलियाहरुले प्रति के.जी १५ देखि ३५ रुपैय कमिसन वापत लिदै आएका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update