Shittalpati
काँग्रेसले टुंग्यायो समानुपातिक सांसद

पाल्पा, नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक कोटामा ३२ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाएका हुन् ।
समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा काँग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । काँग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो । कार्यसम्पादन समितिको बैठकमा समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषको नाममासहमति नजुटेपछि सो जिम्मेवारी सभापति देउवालाई दिइएको थियो । काँग्रेसले आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ,सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचनलाई सिफारिस गरेको छ । यस्तै खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल , मैना रावल कार्की रहेका छन् । मधेसी तर्फ नागिना यादव, मुक्ता कुमारी यादव,चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण दलित तर्फ शान्ति विक,रुपा विक, सीता मिजार, आशा विक थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत मुस्लिम तर्फ जावेदा खातुन जागा रहेका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ । प्रत्यक्षतर्फ काँग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update