पाल्पा, जिल्लाको लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २८ गते बुधबार आठौं अधिवेशन तथा २० औं साधारण सभा मनाउन लागेको हो ।
तानसेनमा सांस्कृतिक कार्यक्रमसँगै अधिवेशन गर्न लागिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष रेखा विष्टले बताईन् । उनका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम हुनेछ । सोही अवसरमा प्रतिष्ठानले लोक सांगितिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने जनाएको छ । अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका जिल्ला सचिव कमल भट्टराईले बताए । उनका अनुसार अधिवेशनका लागि प्रदेश र केन्द्रबाट प्रतिष्ठानका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिती रहने छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रतिष्ठानमा अहिले विष्टले दुई कार्यकाल नेतृत्व गरी सकेकी छन् । त्यसकारण पनि यस पटक प्रतिष्ठानले नयाँ नेतृत्व पाउने देखिन्छ । अध्यक्षमा धेरैको आकंक्षा देखिएपनि अहिलेसम्म कोही पनि खुल्न सकेका छैनन् । प्रतिष्ठानमा सकभर सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने प्रयासमा आफुहरु रहेको प्रष्तिठानकी अध्यक्ष विष्टले बताइन् । प्रतिष्ठानले जिल्लाको लोक, संगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण काम गर्दै आएको छ । उसले सामाजिक क्षेत्रमा समेत उल्लेखीय काम गर्दै आएको छ । प्रतिष्ठानले कोरोना महामारीका बेलामा होस् वा विपद्मा परेका नागरिकहरुको उद्दारमा काम गर्दै आएको छ ।