Shittalpati
थापाको परिवारलाई उचित क्षतिपूर्ति दिन नेकाँ केन्द्रीय सदस्य नेपालको माग

पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा बिभागका संयोजक हरिप्रसाद नेपालले सोमबार एक विज्ञप्ती प्रकाशित गरि वुटवलको करोना अस्थायी अस्पतालमा मृत्यु भएका रिब्दीकोट गाउँपालिका बावुराम थापाका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

नेता नेपालले, अस्पतालको लार्पवाहीले थापाको मृत्यु भएकोमा अत्यान्त्यै दुख लागेको छ, पिडित परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिई उनको अन्तिम संस्कारगर्ने वातावरण वनाउँने कार्य छिटो गर्नुपर्ने माग गरेका छन् । नेपालले, शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्दछु र भर्ना भएका बिरामीको उपचारमा चरम लार्पवाही भएको उनको आरोप छ । ज्वरो आएर ग्रस्त भएका थापालाई कोरोना भएको आशंकामा चैत्र १३ गते वुटवलको धागोकारखानामा स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिए पनि अस्पतालमा उचित उपचार नपाएको र अस्पतालको लार्पवाहीका कारण उनको १६ गते मृत्यु भएकोमा थापाका परिवारले अहिले सम्म पनि उनको लाश बुझ्न मानेका छैनन् ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update