Shittalpati
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी

पाल्पा, नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका छन् त्यस्तै महामन्त्री थापाको प्रस्तावकमा डा. नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । यसअघि संस्थापनइतर समूहबाट गगनको नाम सर्वसम्मत गरिएको थियो । केही दिनदेखिका प्रयासले अन्तिम समयमा मूर्तरुप लिएको हो । कांग्रेसका ८९ जना सांसद रहेकामा जितका लागि अब ४५ मत ल्याए पुग्नेछ । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै सरकारको प्रधानमन्त्री बन्ने अभ्यास काँग्रेसमा छ । संसदीय दलका लागि भोली निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update