गुल्मी,जिल्लाको गुल्मीदरबार गाउँपालिकामा लकडाउन उल्लंघन गर्ने ६ जना पक्राउ परेका छन् । भारत र बुटवलबाट आउदै गरेका ६ जनालाई वडा नम्बर ३ गौडाकोट नजिकै पैदल हिडिरहेको अवस्थामा गाउँपालिका प्रतिनिधि र प्रहरीको टोलीले पक्राउ गरेको हो । टोलीले भारतबाट आउदै गरेका २ जना पुरुष, बुटवलबाट आउदै गरेका २ जना पुरुष र २ जना महिला पक्राउ गरेको गाउँपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिए । पक्राउ परेकाहरुलाई रेसुङ्गा नगरपालिकासँगको समन्वयमा सदरमुकाम तम्घास स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेकोक्वारेन्टाइनमा पठाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए ।
पक्राउ परेकै स्थलमा स्वास्थ्यकर्मीहरुको आरआरटि टिम पुगी इन्फारेड थर्मोमिटरबाट तापक्रम मापन गरी गाउँपालिकाको एम्बुलेन्समा राखि क्वारेन्टाइनमा पठाइएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिए । उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । मुम्बइबाट आउने एक जना ढोरपाटन नगरपालिका २ सिमलचौर बाग्लुङ्गका र एकजना रेसुङ्गा नगरपालिका १४ रातामाटाका रहेका छन् । भारतबाट आएकाहरु चैत ९ गते बुटवल आएर होटलमा बसेको बताइएको छ । बुटवलबाट आउनेहरु बुटवलमा अध्ययन गरेर बस्ने गरेको मालारानी गाउँपालिका २ अर्घाखाँचीका २ जना र इश्मा गाउँपालिका २ का २ जना रहेका छन् । छ जना नै बुटवलबाट बुधबार राति सामान लिएर आउने एउटै ट्रकमा छत्रकोट गाउँपालिका लुम्छासम्म आएको र लुम्छाबाट पैदल आएको बताइएको छ ।
रामकृष्ण कण्डेलको सहयोगमा