Shittalpati
पाल्पामा सुन्तला कृषकलाई तालिम

कृष्ण पोखरेल
पाल्पा, जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

पाल्पाका अधिकांश स्थानहरुमा सुन्तलता कागती र जुनार, अमिलो जस्ता फलफूल सुहाउदो हावापानी रहेकाले कृषकहरुको जागर र उत्पादन बढाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । फलफूल उत्पादनबाट भू–क्षय हुनबाट बचाउने, वातावरण संरक्षणमा सहयोग पु¥याउने र अन्तिम नगदेवाली भएकाले आम्दानी पनि गराउने बहुआयामिक काम हुने उनले बताए । कार्यक्रममा तरकारी जोन सञ्चालक समन्वय समितिका संयोजक वेदप्रसाद सुवेदीले पाल्पा तरकारीसँगै सुन्तलता खेतीको लागि उर्वर भूमी रहेको बताए । कार्यक्रममा सुन्तला जोन सञ्चालक समन्वय समितिका अध्यक्ष नित्यानन्द पोखरेलले पाल्पामा ५ सय भन्दा बढी कृषकहरु सुन्तलता खेतीमा आश्रित रहेको बताए ।

जिल्लामा गत वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएपनि कृषकहरुले उचित मूल्य नपाएकाले पहल गरिदिन कार्यालयलाई अनुरोध गरे । यहाँ दिनहँु सुन्तला खेतीको विस्तारसँगै आधुनिक प्रविधिबाट खेतीपाती शुरु भएपनि अझै पनि पर्याप्त मात्रामा सिंचाई सुविधा नभएको, सुन्तला धुवानीको लागि बाटो घाटोको सुविधा नभएको अध्यक्ष पोखरेलले बताए । तालिममा सैद्धान्तिक ज्ञानसँगै, व्यबहारिक अध्यास गराउन, सुन्तला जात फलफूल विकास केन्द्रको बगैचामा ३ दिनसम्म अभ्यास गराईने प्रधानमन्त्री आधुनिकरण परियोजना पाल्पाका प्रमुख दिपक भट्टराईले बताए । पाल्पामा गत वर्षदेखि नै सुन्तला खेतीको क्षेत्र बढाएको, आगामी ४ वर्ष सम्म पाल्पालाई देशकै नमुना सुन्तला खेती हुने जिल्ला बनाउने अभियानामा कार्यालय लागेको भट्टराईले बताए । तालिमको शुभारम्भमा कार्यालय प्रमुख भट्टराईले सुन्तला खेतीको बिमाको बारेमा जानकारी दिए । सुन्तलता जात फलफूल विकास केन्द्रको सभाहलमा भएको तालिममा जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट, तानसेन र बगनासकाली गाउँपालिकाका कृषक तथा कृषक समूहहरुको सहभागिता रहेको छ । सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक नित्यानन्द पोखरेलको अध्यक्षता, कृषि प्राविधिक सुमन पण्डितको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update