Shittalpati
प्रतिनिधिसभाका सांसदले लिए शपथ

पाल्पा, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

जेष्ठ सदस्य राणाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार शपथ लिएपछि अन्य सांसदहरुलाई शपथ खुवाएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि जेष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।

जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update