Shittalpati
फेरि बढ्न थाल्यो कोरोना संक्रमण

पाल्पा, नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो । 

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३ सय १९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । बिहीबार १३ हजार ३ सय ३८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना भाइरसका संक्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन समेत आग्रह गरेको छ । संक्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलकाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको हो । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन् ।मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update