Shittalpati
यस वर्ष धान उत्पादन बढ्यो

पाल्पा, यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ । गत वर्ष कुल ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ३.७९ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४७ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । मन्त्रालयका अनुसार देशभर कुल १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा धान उत्पादन भएको हो । यद्यपी यो वर्षको उत्पादन गत वर्ष २०७८/७९ को तुलनामा बढी रहे पनि अघिल्लो वर्ष २०७७/७८ को तुलनामा कमी हो । ०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update